राप्ती गाउँपालिकाको विनियोजीत कुल बजेट ६५ करोड ७६ लाख

शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा अधिकतम बजेट


८ असार २०८०, शुक्रबार २०:२१ मा प्रकाशित



भालुवाङ, असार ०८ । दाङ—देउखुरीको राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०र०८१ को कुल बजेट ६५ करोड ७६ लाखको बिनियोजन गरिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।


समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आज शुक्रबार आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक बर्षको बजेटमा पनि शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशिलतालाई जोड दिंदै बजेट बिनियोजन गरिएको छ ।
जसमा चालु आर्थिक बर्षको कुल बजेट ७० करोड ३ लाख थियो भने अगामी आर्थिक बर्षको बजेट झण्डै ६ प्रतिशतले घटेर ६५ करोड ७६ लाखको नयाँ बजेट आएको हो । जस अन्र्तगत आगमी आर्थिक बर्षको चालु तर्फ ३१ करोड ५८ लाख र पुँजीगत ३३ करोड २६ लाख बजेट विनियोजन गरिएको छ ।


जसमा चालु तर्फ संघीय सरकारबाट २० करोड ५१ लाख, प्रदेश सरकारबाट १२ लाख र पालिकाको १० करोड ९५ लाख बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ संघीय सरकारको २ करोड ६८ लाख, प्रदेश सरकारको ३ करोड ८६ लाख र पालिको २६ करोड ७२ लाख बिनियोजन गरिएको छ ।


त्यस्तै आगामी आर्थिक बर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ २२ करोड १७ लाख ५० हजार, स्वास्थ्य तर्फ ९ करोड ४१ लाख, कृषि र पशु तर्फ २ करोड ९९ लाख बजेट बिनियोजन गरिएको छ ।


त्यस्तै पूर्वाधार तर्फ ११ करोड २ लाख, उद्यम तथा रोजगार तर्फ २ करोड, वन वातावरण र विपत्त तर्फ २ करोड, खानेपानी सरसफाई, फोहरमैला व्यवस्थापन ३० लाख, कला संस्कृति पर्यटन तर्फ ३३ लाख, महिला बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता ४५ लाख र सञ्चार तर्फ ३ लाख ५० हजार बजेट विनियोजन गरिएको पालिकाका प्रबक्ता पहलवान र्चौधरीले जानकारी दिनु भयो ।
यता चालु आर्थिक बर्षको पुँजीगत खर्च १९ करोड १५ र चालु खर्च तर्फ असार पहिलो हप्ता सम्मको कुल खर्च ३६ करोड ५ लाख भएको छ । त्यस्तै आगामी आर्थिक बर्षको बजेट घट्नुमा आन्तिरिक राजश्व ८३ प्रतिशत मात्र संकलन, संघ र प्रदेशबाट २० प्रतिशतले बजेट कतौती भएर आएको हूँदा अगामी आर्थिक बर्षको बजेट झण्डै ६ प्रतिशतले घटेको पालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्