बुटवलको एभरेष्ट स्कुलले ल्यायो उत्कृष्ट नजिता


पालिका पत्र

२२ असार २०८०, शुक्रबार १५:२१ मा प्रकाशित

रुपन्देही, असार २२ । शैक्षिक क्षेत्रमा अव्वल बुटवल ८ सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोडिङ माध्यमिक विद्यालयले ०७९ सालको एसईई परीक्षामा पनि उत्कृष्ट नजिता ल्याएको छ । १५३ जना विद्यार्थीहरु सहभागि भएका मध्ये २ जना विद्यार्थीहरु प्रकट गिरी र उत्सव वि.क.ले ३ दशमलव ९० जिपिए ल्याएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताए । त्यस्तै १९ जनाले ३ दशमलव ५६ देखि माथी जिपिए ल्याएको उनको भनाई छ ।

यसैगरी ३ दशमलव २५ जिपिए भन्दा माथी ल्याउने ४० जना, २ दशमलव ८५ देखि माथी ५९ जना, २ दशमलव ४५ देखि माथी ३१ ज्ना र २ दशमलव ३५ देखि माथी जिपिए ल्याउने ४ जना रहेको प्राचार्य न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्