तत्काल राहतका लागि बैंक तथा वित्तिय संस्थाले विकल्प खोज्नु पर्छः मेयर अर्याल


पालिका पत्र

२३ असार २०८०, शनिबार १६:०५ मा प्रकाशित

कपिलवस्तु, असार २३ । बैंक तथा वित्तिय संस्थाले तत्काल व्यवसायीको राहतका लागि उचित विकल्प खोज्नुपर्ने बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताएका छन् । उनले बैंक तथा वित्तिय संस्थाहरु संगको अन्र्तक्रृया कार्यक्रममा शुक्रवार यस्तो बताएका हुन् । अर्यालले बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाहमा नितिगत सुधार गर्न आवश्यक रहेको औल्याए‌ ।

बैंक तथा वित्तिय संस्थाले कर्जा असुली गर्ने परम्परागत प्रवृति समयानुसार परिवर्तन गर्नुपर्ने उनको भनाई छ । मेयर अर्यालले भने “क्रृण खाएपछि तिर्नुपर्छ, पैसा भएसम्म नर्तिने कोही व्यवसायी छैनन् ।” त्यसकारण बैंक तथा वित्तिय संस्थाले बिकल्पको रुपमा व्याज तिर्ने समयावधि बढाउने, कर्जा चुक्ताका लागि थप समय दिनुपर्ने बताए ।

मेयर अर्यालले बाणगंगा नगरपालिका उद्योगी व्यवसायीको पक्षमा सदैव रहेको बताउँदै आफुहरुले निर्वाह गर्ने कार्यमा प्रतिवद्ध रहेको जनाए ।

यस्तै बाणगंगा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले बैंक तथा वित्तिय संस्थामा एकरुपता कायम नहुँदा थुप्रै व्यवसायीहरु धरापमा परेको बताईन्‌ । उनले आर्थिक संकटका समयमा व्यवसायीहरुलाई विशेष छुट दिनुपर्ने बताइन् ।

यता कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायी, बैंक तथा वित्तिय संस्था, स्थानीय तह तथा सबै सरोकारवाला एकजुट हुनुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्