छात्रवृतिका कारण विग भिजन कम्प्युटर ईन्स्टिच्युट बिद्यार्थीको रोजाईमा


पालिका पत्र

११ भाद्र २०८०, सोमबार ०८:५० मा प्रकाशित


विष्णु खरेल, भदौ ११ ।
बाणगंगा नगरपालिका वडा न. ४ मा संचालित विग भिजन कम्प्युटर ईन्स्टिच्युट बिद्यार्थीहरुको रोजाईमा पर्न थालेको छ । विग भिजनले दिने छात्रवृतिका कारण बिद्यार्थीहरुको रोजाईमा परेको हो । विग भिजनले टाढा बाट आउने, गरिब, जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थी हरुका लागि विशेष दिने भएकाले बिद्यार्थीहरुको रोजाईमा पर्न थालेको छ ।


यस श्रेत्रमा बिद्यार्थीहरुलाई गुणस्तरीय सिकाई प्रदान गर्दै आइहरेको विग भिजन कम्प्युटर ईन्स्टिच्युटले समय समयमा विभिन्न अफर सहित नयाँ नयाँ प्याकेजहरु ल्याउने गरेको छ । जसले बिद्यार्थीहरुले कम्प्युटर ईन्स्टिच्युटलाई रोजाईको माध्यम बनाएका छन् ।


ईन्स्टिच्युटले हालै १८ महिने डिप्लोमा कम्प्युटर कोर्षको नयाँ प्याकेज ल्याएको संचालक आशिष् चौधरीले बताए । उनले भने ‘डिजिटल प्रबिधिको युगमा कम्प्युटर बिनाको शिक्षा फल्दायी हुन सक्दैन ।’


यस्तै अर्का संचालक सुश्मा श्रेष्ठले १८ महिने डिप्लोमा कम्प्युटर कोर्षकमा स्कलर्सिपका लागि भाद्र १६ गते बिहान ८ बजे स्कलर्सिप परिक्षा राखिएको बताईन । उनले ईन्स्टिच्युटले बिद्यार्थीहरुले पढ्दै गर्ने कमाउदै गर्ने वातावरणको पनि शिर्जना गरिएको जानकारी दिईन ।


अहिलेको समयमा बिशेष गरि पर्यटकीय क्षेत्रलाई मध्यनजर गर्दै फोटो फ्रेमिङ्गको आवश्यकता रहेकाले बिशेष प्राथमिकताका साथ कक्षाहरु संचालन भैरहेको पनि बताईएको छ ।


बद्यार्थीहरुलाई उचित पुरस्कार सहित समय सङ्गै विभिन्न समय सान्दर्भिक क्रियाकलाप हरु गराउदै आइरहेको छ । ईन्स्टिच्युटले बक्तित्व कला प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता, वाद बिवाद प्रतियोगिता, टाइपिङ्ग प्रतियोगिता, टिचिङ्ग प्रतियोगिता, जस्ता विभिन्न क्रियाकलापहरु गराउदै आइरहेको छ । यस बाट धेरै बिद्यार्थी लाभान्वित समेत भएका छन भने बोल्ने बानिको बिकाश सङ्गै आफ्नो लुकेको प्रतिभालाइ पनि उजागर पार्ने अवसर प्राप्त गरेका छन ।


अहिले ईन्स्टिच्युटमा वेसिक कम्प्युटर, डिप्लोमा इन एकाउन्टिङ्ग प्याकेज, डिप्लोमा इन ग्राफिक डिजाईनिङ्ग, हार्डवयर एण्ड सफ्टवेयर, फोटो फ्रेम मेकिङ्ग, वेसिक फोटोग्राफी, भिडियोग्राफी र अन्य एड्भान्स कोर्षहरुमा एड्भान्स फोटोग्राफी र फोटो इडिटिङ्ग, भिडियोग्राफी र भिडियो इडिटिङ्गका कक्षाहरु संचालन भैरहेको ईन्स्टिच्युटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्