शितगंगामा बजार अनुगमनलाई तिव्रता, ७ हजार जरिवाना संकलन


पालिका पत्र

१८ भाद्र २०८०, सोमबार ०९:०७ मा प्रकाशित

विकाश घिमिरे, भदौ १८ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । नगरपालिकाले आईतवार वडा नम्बर ३ र ४ का बिभिन्न स्थानमा बजार अनुगमन गरको हो ।

नगरपालिकाले गरेको बजार अनुगमनमा म्याद गुज्रेका समग्री भेटिएका छन् । म्याद गुज्रेकाका करिव ९ हजार बराबरको सामग्रि जफत गरि नष्ट गरिएको छ । यस्तै ७ हजार जरिवाना संकलन गरिएको छ ।

टोलिले म्याद गुज्रेका पेय पर्दाथ र किराना समग्री र कस्मेटिकका समग्री व्यप्त रुपमा फेला परेको अनुगमन समितिका संयोजक अजय यादवले बताए ।

अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नविकरण नभएको पनि पाईएको छ । त्यस्ता पसलहरुलाई दर्ता तथा नविकरणका लागि सुझाईएको छ । नगरपालिकाको आयोजनामा भएको अनुगमनमा उद्योग बाणिज्य संघ, नेपाल प्रहरी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्