बाणगंगामा ५ सय भन्दा बढि विद्यार्थी सम्मिलित गुणीय चक्र कार्यक्रम हुने, के हो विद्यार्थी गुणीय चक्र ? (भिडियो)


पालिका पत्र

१८ भाद्र २०८०, सोमबार २२:१२ मा प्रकाशित


कपिलवस्तु, १८ भदौ ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा कपिलवस्तुमा एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औं सम्मेलन हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ राजपुर स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलमा यहि भदौ २२ र २३ गते विद्यार्थीहरुको शैक्षिक महोत्सवको रुपमा रहेको एस.क्यु.सी. (विधार्थी गुणीय चक्र) ८ औं सम्मेलन हुने भएको हो । सम्मेलनको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

कपिलवस्तुका १३ र अन्य जिल्लाका ८ गरि २१ विधालयका विधार्थीहरु समावेश हुने उक्त प्रतियोगितामा करिव ५ सय १० विद्यार्थीहरुले भाग लिने जनाईएको छ । १३ विद्यालय क्वेस्ट नेपालका सदस्य मध्येबाट उपस्थित हुने अन्य ८ विद्यालयका विद्यार्थीहरु पर्यवेक्षकको रुपमा सहभागी हुने क्वेस्ट नेपाल लुम्बिनी हवका अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा लुम्बिनी हवका कोर्डिनेटर तथा पत्रकार सम्मेलनका अध्यक्ष मिलन भण्डारीले एस.क्यु.सी. अन्र्तरगत विद्यार्थीहरुको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा, पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवं अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्ष्मता अभिवृद्धि गर्ने बताउनु भयो । उक्त कार्यक्रममा वृहत सांस्कृतिक कार्यक्रम, क्विज, हिज्जे र अन्य विभिन्न विधामा प्रतियोगिता गराईने समेत जानकारी गराईएको छ ।

विगतको तुलनामा यो पटक २ दिने वृहत सम्मेलन गर्न लागिएको छ भने सम्पुर्ण विधाहरु समापन गर्ने जिम्मेवारी पनि विद्यार्थीहरुलाई दिईएको जस्ले विद्यार्थीहरुको क्षमता विकास हुने क्वेस्ट नेपाल लुम्बिनी हवका सहसंयोजक तथा ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका प्रिन्सिपल सुरेन्द्र पाण्डेले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले अहिलेको कार्यक्रममा सम्पुर्ण क्रियाकलापको जिम्मेवारी विद्यार्थीहरुलाई दिईने प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक समग्र सबै पक्षको विकास हुने भएकाले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि क्वेस्ट नेपाल लुम्बिनी हवका प्रमुख सल्लाहकार तथा प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले विद्यार्थीहरुलाई श्रजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पु¥याउने र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुदाँ कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

८ औं सफल बनाउनका लागि संयोजक भण्डारीको संयोजकत्व र पाण्डेको सह संयोजकत्वमा मा १८ सदस्यीय मुल समिति बनाईएको छ ।

ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक रोमकान्त घिमिरेले कार्यक्रम सफलताको शुभकामना दिंदै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि अहम भुमिका खेल्ने बताउनुभयो ।

क्वेस्ट नेपाल लुम्बिनी हबका सल्लाहकार कृष्ण प्रसाद भट्राई, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यको विशिष्ठ आतिथ्यता, सचिव जानु पाण्डे, पुर्व उपाध्यक्ष पार्वती पाण्डे लगायत जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

८ औं लुम्बिनी हव सम्मेलनका सह संयोजक सुरेन्द्र पाण्डेको स्वागत तथा भुपु सैनिक बोर्डिङ्ग स्कुलका प्राचार्य डम्मर सोमैको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

विद्यार्थी गुणीय चक्र के हो त ?

सर्वप्रथम त यसको नामाकरणलाई हेरौं । ‘गुणस्तर’ ले एक प्रकारको सीमा तोकेको हुन्छ भने ‘गुणीय’ले क्रमिक सुधार जनाउँछ। र चक्र भन्नाले समानता र समदुरी जनाउँ छ । सिधा रेखामा कोही अघि कोही पछि हुन्छन भने चक्रमा केन्द्रबाट सबै बराबरको दुरीमा हुन्छन। यसले कोही सानो वा ठूलो नभएर सबै बराबर र उत्तिकै महत्वपूणर् हुन भन्ने जनाउँछ । यसको सुन्दर पक्ष भनेकै यही हो । जुन समतामुलक समाजको हामी परिकल्पना गरिरहेका छौं त्यो कोरा भाषण वा सिध्दान्तका कुरा गरेर प्राप्त हुनेवाला छैन । साना कलिला विद्यार्थीलाई यसको अभ्यास गर्न सिकाएर मात्रै हुन्छ ।

यसले काम कसरी गर्छ ?

यस गतिविधिमा विद्यार्थीहरूको ४ देखी १० जना सम्मको समूह हुन्छ, जुन विद्यार्थी आफैले बनाउँछन । उनीहरूलाई आफ्ना वरीपरी भएका समस्याको वैज्ञानिक अनुसन्धानात्मक विधि प्रयोग गरेर हल गर्न सिकाइन्छ। यसमा सर्वप्रथम विद्यार्थीहरूले आफ्ना समस्या पहिल्याउँछन। ती समस्याहरू स्कूल वा घरसंग सम्बन्धित हुन सक्छन जस्तै स्कूलमा प्राङगण फोहर हुने, विद्यार्थीहरू छाडा कुरा बोल्ने, ठूला कक्षाकाले साना कक्षाकालाई हेप्ने, धम्क्याउने आदि र घरमा भएका समस्यामध्ये अत्यधिक टिभी हेर्ने, बाउआमाको झगडाले गर्दा केटाकेटीको पढाईमा असर पर्ने आदि जस्ता समस्या ब्रेनस्टर्मिङको तरिका प्रयोग गरेर पहिल्याउँछन, त्यसपछि समूहका प्रत्येक सदस्यले यसरी जम्मा भएका समस्याहरूलाई मत दिएर जुन समस्याले सबभन्दा बढी मत पाउँछ त्यसलाई त्यस समूहको साझा समस्या मानेर अन्य वैज्ञानिक विधि जस्तै चेकशिट, हिस्टोग्राम, बार डाइग्राम, फ्लो चार्ट्, परेटो डाइग्राम, ईशीकावा (कज एण्ड ईफेक्ट वा फिशबोन) डाईग्राम, स्क्याटर डाइग्राम आदि प्रयोग गरेर समस्याको गहिराईमा पुगेर तिनका कारण र निवारण निर्धारण गर्छन र आफूले अध्ययन गरेको समस्याको समाधान निकाल्छन। समाधानलाई कार्यान्वयन गरे पछि त्यसको न्यूनिकरण भएको तुलनात्मक अध्ययन गरेर मापन गर्छन र यसको असरको मूल्याङकन गर्छन। कपिलवस्तुमा यो नयाँ विषय भएको हुदाँ लुम्बिनी दर्पणले विशेष चासोका साथ कार्यक्रमको जानकारी लिएको थियो ।

कार्यक्रममा जानकारी गराए अनुसार समस्या समाधानको एक चक्र पूरा गरी सके पछि फेरी अर्को समस्या र अर्को चक्र आरम्भ हुन्छ । समस्या समाधानको यस्तो प्रक्रियाबाट विद्यार्थीले व्यक्तित्व विकास र नेतृत्व क्षमताको विकास गर्छन। यसबाट विद्यार्थीले हचुवाको भरमा समस्याको समाधान नखोजी वैज्ञानिक विधि अपनाउन, समूहमा मिलेर अर्काको विचारको कदर गर्दै सुमधुर सम्बन्ध कायम गर्न, रचनात्मक सोचको विकास गर्न, आत्मविश्वास विकास गर्न, सार्वजिनक रुपमा आफ्ना कुराहरू राख्न र त्यसको प्रभावकारी सम्प्रेषण गर्ने जस्ता शिपहरू सिक्छन। समस्या समाधान त यस प्रकृयाको साधन मात्र हो, साध्य त बच्चालाई चतुर र असल बनाई एक सम्पूर्ण मानवको रुपमा योग्य र असल नागरिक निर्माण गर्नुे अध्ययन विधि हो ।

भिडियो

https://fb.watch/mShlDsjGvA/

प्रतिक्रिया दिनुहोस्