बाणगङ्गाको जनता माविका शिक्षक बरालको सडक दुर्घटनामा ज्यान गयो


पालिका पत्र

११ आश्विन २०८०, बिहीबार १२:४७ मा प्रकाशित

कपिलवस्तु, असोज ११ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न. २ मा रहेको जनता माध्यामिक विद्यालयका शिक्षक रोमनाथ बरालको सडक दुर्घटनामा मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तिर आँउदै गर्दा रोकी राखेको टिप्पर सँग ठक्कर खाएर बरालको मृत्यु भएको हो । बुधवार राति करिब १० बजेको समयमा सालझण्डी देखि आफ्नो घर पिपरा फर्कने क्रममा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाईते भएका उनलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल लगिएको र अस्पतालले जिल्ला अस्पताल तौलिहवा पठाएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जिल्ला अस्पताल तौलिहवाले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जनता माविका शिक्षक रोमनाथ बराल विज्ञान विषयका संयोजक रहेका थिए । उनी अमेरिकाको बसाइ छोडेर गाँउमै शिक्षण पेसा गर्ने भन्दै आएको बताईएको छ । करिब ६ वर्षदेखि जनता माध्यामिक विद्यालय पिपरामा अध्यापन गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्