पूर्ण छात्रवृत्तिमा एम.वि.वि.एस. उत्तीर्ण आवर विज्डमका पूर्व विद्यार्थीलाई सम्मान


पालिका पत्र

१७ आश्विन २०८०, बुधबार २१:३४ मा प्रकाशित

बैरिया, असोज १७ । बाणगंगा न.पा.–१ बैरिया स्थित आवर विज्डम आवासीय माध्यमिक विद्यालयले पूर्व विद्यार्थीलाई एक कार्यक्रमकाबीच सम्मानित गरेको छ । एस्.एल्.सी. व्याच–२०७० मा ९१.२५ प्रतिशत अंक प्राप्त गरी कपिलवस्तु जिल्ला प्रथम मेधावी, अनुशासित, लगनशील पूर्व विद्यार्थी नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा एम.वि.वि.एस. उत्तीर्ण भएकोमा विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा राजन सुवेदीलाई विद्यालयले सम्मानित गरेको विद्यालयका शिक्षक मनोज थापाले जानकारी दिए । our wisdom student.jpg

कार्यक्रममा विद्यालयकी संचालिका कमला शर्मा, शिक्षक सुन्दर घिमिरे, शंकर पौडेल र कक्षा १० मा अध्ययरत  सविना अधिकारी लगायतले सुवेदीलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

एम.वि.वि.एस. उत्तीर्ण सुवेदीलाई सम्मानित गर्न पाउँदा हर्षित भएको बताउँदै विद्यालयका प्राचार्य नारायण शर्मा न्यौपानेले स्वास्थ्य क्षेत्रमा अब्बल बन्न सुवेदीलाई शुभकामना दिए । वि.सं. २०५६ मा स्थापित आवर विज्जडमले शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्