संस्कृतिको संरक्षण गर्ने उद्देश्यकासाथ आवर विज्डममा देउसी भैलो


पालिका पत्र

२५ कार्तिक २०८०, शनिबार ०८:१७ मा प्रकाशित

मनोज थापा ।

कपिलवस्तुको बाणगंगा स्थित आवर विज्डम आवासीय मा.वि.मा मौलिक देउसी भैलो खेलिएको छ । सँस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ मौलिक देउसी भैलो खेलिएको हो । विद्यालयमा हुने विभिन्न आतिरिक्त क्रियाकलाप अन्तगर्त देउसी भैलो आयोजना गरेको विद्यालयले जनाएको छ ।

नेपालिहरुको महान पर्व तिहार अर्थात दिपावलीको अवसर पारेर विद्यालयले कक्षागत देउसी भैलो प्रतियोगिता आयोजना गरेको थियो । कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागि भएको प्रतियोगितामा सँस्कृतिको संरक्षणमा दिपावलीको महत्वलाई देउसी तथा नृत्य मार्फत प्रस्तुत गरेका थिए ।

यस्तै कक्षागत देउसी भैलो कार्यक्रममा कक्षा १–४ बाट कक्षा १ का भाईबहिनीहरु प्रथम भएका छन् । यस्तै कक्षा ५–७ बाट कक्षा ७ का भाइबहिनीहरु प्रथम भए भने कक्षा ८–१० बाट कक्षा ९ का भाईबहिनीहरुले प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा शिक्षक केशव गाहा, तारा प्रसाद पाण्डे र शिक्षिका जमुना बेल्बासेले निर्णायकको भुमिकाममा रहनु भएको थियो । कार्यक्रम विद्यालयकी शिक्षिका कमला शर्माको अध्यक्षता र इसिए कोर्डिनेटर शंकर पौडेलको सञ्चालनमा प्रतियोगिता सम्पन्न भएको विद्यालयका शिक्षक मनोज थापाले जानकारी दिए ।

विद्यालयमा हुने यस्ता किसिमका प्रतियोगिताहरुले विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक नरायण शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्