सर्वगुणीय ब्यक्तित्व पुरस्कार बाणगंगाको युनाइटेडका रितिकलाई


पालिका पत्र

१३ मंसिर २०८०, बुधबार १२:१८ मा प्रकाशित

कपिलवस्तु, मंसिर १३ । क्वेस्ट नेपालद्धारा आयोजित बिद्यार्थी गुणीय चक्र (-Student Quality Circle)  को उत्कृष्टता कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँ स्थित युनाइटेड स्टुडेन्ट एकेडमिका विद्यार्थीले हात पारेका छन् ।

यहि मङ्सिर ८ देखि १० गते सम्म चितवनको सौराहामा सम्पन्न १७ औँ राष्ट्रिय सम्मेलनबाट युनाइटेड स्टुडन्ट्स एकेडमि वाणगङ्गा ८ चप्परगाउका बिद्यार्थीहरु सहभागि भई ब्यक्तित्व बिकासका बिभिन्न आयामहरु पार गरी यो उत्कृष्टता प्राप्त गरेका हुन ।

प्रतिश्प्रधामा विद्यार्थीहरुको केश स्ट्डिी प्रस्तुति, प्यानल डिस्कशन, कोलाबोरेटिभ स्टोरि फर्मेशन, आर्ट एन्ड क्राफ्ट, क्विजमा गरिएको मुल्याङ्कनबाट उत्कृष्टता हासिल गरेका विद्यालयले जनाएको छ । सोहि सम्मेलनबाट सहभागि सम्पुर्ण विद्यार्थिहरुमा गरिने सर्बगुण सम्पन्न मनसा मेमोरिएल सर्बोत्कृष्ट पुरस्कार रितिक रायमाझिले हासिल गर्न सफल भएका हुन ।

यसै सन्दर्भमा बिद्यालयले मंगलबार एक सम्मान समारोहका साथ उत्कृष्ट विद्यार्थी रायमाझीसहित सहभागि विद्यार्थीहरुलाई सम्मान गरेको छ । एस क्यु सि सहजकर्ता शिक्षक विश्वास घिमिरे, सर्बगुणि ब्यक्तित्व उपाधि पुरस्कार बिजेता बिद्यार्थी रितिक रायमाझि, अभिभावकहरुलार्ई सम्मान एबम अभिनन्दन गरेको विद्यालयलका प्रिन्सिपल कृष्ण केसीले जानकारी दिनुभयो ।

के हो मनसा मेमोरियल सर्बगुणि ब्यक्तित्व पुरस्कार  ?
सर्बगुणि ब्यक्तित्व पुरस्कार असल र चलाख ब्यक्तिलाई प्रदान गरिने प्रेरणादायी पुरस्कार हो। यस पुरस्कारको स्थापना विं.सं. २०७२ सालमा सर्बगुण सम्पन्न प्रेरक ब्यक्तित्व मनसाको स्मृतिमा स्थापना गरिएको हो। चलाख स्वभाव अथवा अग्रगण्य ब्यक्तित्व (Smart Personality) भन्नाले यस्तो ब्यक्तित्व जो सकारात्मक सोचका साथ आफुमा आत्मविश्वास जगाइराख्छ । सदा नविन, सृजनशील विषयको सोधखोज गरिराख्दछ । बिभिन्न ज्ञान, सिप हासिल गरि अरुलाइ पनि सिकाइ रहन्छ र अरु सबैलाई आफु तर्फ आकर्षित गर्दछ्।

यस्तै असल स्वभाव, शिष्ट ब्यक्तित्व (Good Personality) यस्तो स्वभाव भएको ब्यक्ति जो नागरिक मुल्यमान्यतालाई पुर्ण रुपले आत्मसाथ गरिरहेको हुन्छ। जस्तो सुकै परिस्थितिमा पनि मुस्कुराइ रहन सक्छ । कसैको दुख प्रति परोपकारि भावना राख्दछ । असहायहरुको सेवामा आफुलाइ समाहित गर्दछ । यस्तो ब्यक्तिवलाई सधै पुर्ण बिस्वास गर्न सकिन्छ।

मनसा पुरस्कार सर्बगुण सम्पन्न ब्यक्तिमा हुनुपर्ने ब्यक्तित्व बिकास तर्फ अग्रसर कलिला बिद्यार्थिहरुलाइ प्रदान गरिन्छ्।सफल ब्यक्तिमा हुनुपर्ने असल– चलाख दुबै ब्यक्तित्वका पाटाहरुमा सङ्गसङ्गै बिकास भैरहेको ब्यक्तिलाइ नै सर्बगुण सम्पन्न ब्यक्ति भनिन्छ।

बिद्यार्थि गुणीय चक्र  मा आवद्द भै यसका बिविध सिकाइका आयाममा अभ्यास गरिरहेका बिद्यार्थिहरुमा यस्ता गुणहरु बिकास भएर गैरहेका हुन्छन्। आत्मबिश्वास सम्पन्न यस्ता बिद्यार्थिहरुलाइ प्रत्येक वर्ष आयोजना गरिने राष्ट्रिय सम्मेलन: गोष्ठि मार्फत राष्ट्रभरि बाट जम्मा ५ जनालाइ यो सर्बोत्कृष्ट पुरस्कार प्रदान गरिन्छ। चरणबद्द रुपमा वैज्ञानिक तवरबाट असल र चलाख बिद्यार्थिहरुको मष्तिस्क र आत्मगत सम्बन्धि बिभिन्न मापदण्ड का आधारमा इ–टेस्ट (जाच) गरि सर्बगुणिय ब्यक्तित्व छनोट गरिन्छ्। बिद्यालयका प्राचार्य कृष्ण के सि को अध्यक्षता , बिद्यार्थि शृद्दा पन्थिको सन्चालनमा आयोजित उक्त सम्मान कार्यक्रममा पुरस्कृत बिद्यार्थिहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै प्राचार्य कृष्ण के सि ले बालबालिकालाई पाठ्यक्रमले निर्धारण गरेका बिशिष्ट सिकाइ , विषयबस्तु सहित बालबालिकाको प्रतिभा एबम ब्यक्तित्व बिकासका लागि नविनतम बिधि, शैलि अप्नाउदै बिद्यालयलाइ समग्र सिकाइ केन्द्रको रुपमा रुपान्तरण गरिने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्