सिद्धार्थ माध्यामिक विद्यालयको अध्यक्षमा क्षेत्री


पालिका पत्र

२५ चैत्र २०८०, आईतवार १७:४२ मा प्रकाशित


बाणगङ्गा, चैत्र २५ । 
बाणगङ्गा वडा न. १ को सिद्धार्थ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गणेश बहादुर क्षेत्री चयन भएका छन् । आइतबार विद्यालयमा बसेको अभिभावक भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो । 


जसको सदस्यहरूमा शारदा पौडेल, गीता आचार्य, उमा छहारी, विष्णु विसि (थारु) लाई चयन गरिएको छ । यस्तै सल्लाहकारमा ११ सदस्यीय समिति चयन भएका छन् । भेलाले तिन सदस्यीय संरक्षक समिति समेत गठन गरेको विद्यालयका प्राचार्य दल बहादुर थापा ‘ईश्वर’ ले बताए ।  


अध्यक्ष गणेश बहादुर क्षेत्रीले सिद्धार्थ मावि बुङ्चीलाई विद्यार्थीहरूको पहिलो रोजाईको विद्यालय बनाउने गरि काम गर्ने बताएका छन् । उनले अभिभावकहरूको मनो भावनालाई बुझेर   विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्ने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्