हिलबर्टमा बिद्यार्थी केन्द्रित शैक्षिक सामग्री निर्माण एवं प्रयोगशाला तालिम सुरु


पालिका पत्र

२९ बैशाख २०८१, शनिबार ०८:२६ मा प्रकाशित


कपिलवस्तु, वैशाख २९ ।
बाणगङ्गाको हिलबर्ट इङ्गलिस बोर्डिङ्ग स्कुलमा शैक्षिक सामग्री निर्माण एवं प्रयोगशाला तालिम सुरु भएको छ । बालमैत्री  सिकाइ वातावरण सहजिकरणका निम्ति तालिम सुरु भएको हो । तिन वटा विद्यालयको शंयुक्त आयोजनामा आज देखी तिन दिने तालिम शुरु गरिएको हिलबर्टले जनाएको छ । जसमा बाणगङ्गाको हिलबर्ट इङ्गलिस बोर्डिङ्ग स्कुल, रूपन्देहीको कुँवरवर्ती इङ्गलिस बोर्डिङ्ग स्कुल र माइलस्टोन मन्टेश्वरी रहेका छन् । 

कार्यक्रमको शुभारम्भ गर्दै बाणगङ्गा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख खिम बहादुर जिसीले विद्यालयले बालबालिकाको सिकाइका लागि अवलम्ब गर्नुपर्ने धेरै मापदण्ड हुने बताए । उनले सायदै नेपालमा यसरी पुरै मापदण्ड लागू गर्ने विद्यालय नभएको जनाएका छन् । यसरी हिलबर्टले गरेका क्रियाकलापहरू मापदण्डमा पर्दछन्, जुन आजको यो शैक्षिक सामग्री निर्माण एवं प्रयोगशाला तालिम पनि हो, जिसीले भने । उनले तालिम लिन उपस्थित भएका शिक्षकहरूले सिकाइलाई व्यवहारिकतामा ल्याउने गरि सिकाइमा सक्रिय हुन आग्रह समेत गरे । उनले नगरका हरेक विद्यालयमा बालमैत्री शिक्षण भएको छ छैन् भनेर नगरले अवलोकन गरिरहेको समेत बताए । शिक्षण मात्रै बालमैत्री नभएर पूर्वाधार पनि बालमैत्री हुनुपर्ने उनको भनाई छ ।

अब पुरानो शैलीको सिकाइले विद्यार्थी केन्द्रित सिकाइ नहुने भन्दै विद्यालयले हिलबर्ट र रूपन्देहीको बुटवलका कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कुल र पाठशाला मन्टेश्वरीमा अध्यापनरत शिक्षक शिक्षिकाको लागि तालिम राखिएको स्कुलका अध्यक्ष दीपक खनालले बताए ।


प्राथमिक तहसम्मका लागि फोकस गरेर राखिएको तालिममा सबै तहका शिक्षक सहभागि भएका खनालले बताए । तालिमको प्रशिक्षकको रुपमा अर्गानिक एजुकेसन नेपालका सीईओ अर्जुन भट्ट तथा वरिष्ठ प्रशिक्षक कमला देवकोटा रहेका छन् ।
तालिममा तिन वटा विद्यालयका कक्षा नर्सरी देखी ७ सम्मका ९० जना भन्दा बढि शिक्षक शिक्षिकाहरूको उपस्थित रहेका छन् । कुँवरवर्ति बोर्डिङ स्कुलका अध्यक्ष लक्ष्मण खनाल, हिलबर्टका प्रिन्सिपल शिव प्रसाद पोख्रेल, प्रबन्ध निर्देशक बुद्धि पौडेल लगायतले तालिमको फाइदा लिन शिक्षकहरूलाई आग्रह गरे । कार्यक्रमको सञ्चालक विद्यालयका मावि तह संयोजक तेज प्रसाद आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्