गुल्मीका स्थानीय तहलाई साढे चार अर्बभन्दा बढी बजेट


पालिका पत्र

२१ जेष्ठ २०८१, सोमबार २०:२० मा प्रकाशित

गुल्मी, जेठ २१ । गुल्मीका स्थानीय तहलाई साढे चार अर्बभन्दा बढी रुपियाँ बजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरण अनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ मा यस जिल्लाका स्थानीय तहले चार अर्ब ७० करोड २७ लाख रुपियाँ बजेट विनियोजन भएको हो ।

यहाँका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहले एक अर्ब १३ करोड ३७ लाख रुपियाँ समानीकरण अनुदान, तीन अर्ब २८ करोड ६० लाख रुपियाँ सशर्त अनुदान, १४ करोड ५५ लाख रुपियाँ विशेष अनुदान र १३ करोड ७५ लाख रुपियाँ समपुरक अनुदान प्राप्त गर्ने भएका छन् ।

दुई नगरपालिकाले ९५ करोड ५९ लाख रुपियाँ अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत अनुदान प्राप्त गर्ने उल्लेख गरिएको छ । जसमा यस जिल्लाको मुसिकोट नगरपालिकाले ५१ करोड ५० लाख रुपियाँ अनुदान प्राप्त गर्नेछ । रेसुङ्गा नगरपालिकाले ४४ करोड नौ लाख रुपियाँ अनुदान प्राप्त गर्ने उल्लेख गरिएको छ ।

यस जिल्लाका दश गाउँपालिकाले तीन अर्ब ७४ करोड ६८ लाख रुपियाँ अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत अनुदान प्राप्त गर्ने उल्लेख छ । जसमा इस्मा गाउँपालिकाले ३१ करोड ४१ लाख रुपियाँ अनुदान प्राप्त गर्ने भएको छ । कालीगण्डकी गाउँपालिकाले ३६ करोड ४४ लाख रुपियाँ र गुल्मीदरबार गाउँपालिकाले ३३ करोड ६३ लाख रुपियाँ अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत अनुदान प्राप्त गर्ने उल्लेख छ ।

चन्द्रकोट गाउँपालिकाले ३५ करोड ३६ लाख रुपियाँ, छत्रकोट गाउँपालिकाले ४१ करोड २२ लाख रुपियाँ र धुर्कोट गाउँपालिकाले ४० करोड ६८ लाख रुपियाँ अनुदान प्राप्त गर्ने भएको छ । मदाने गाउँपालिकाले ३४ करोड ११ लाख रुपियाँ, मालिका गाउँपालिकाले ४२ करोड २५ लाख रुपियाँ, रुरुक्षेत्र गाउँपालिकाले ४१ करोड ५६ लाख रुपियाँ र सत्यवती गाउँपालिकाले ३८ करोड दुई लाख रुपियाँ अनुदान प्राप्त गर्ने अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्