शिवराज नगरपालिकाले सुरु गर्‍यो निःशुल्क शव वाहन सेवा


पालिका पत्र

७ असार २०८१, बिहीबार ०९:४८ मा प्रकाशित

शिवराज नगरपालिकाका जनताले अब निशुल्क शव बाहन सुविधा पाउने भएका छन् । नगरवासीको मृत्युपछि शव वाहन सेवा नभएर दुख पाएको नगरवासीको बाध्यताप्रति नगर प्रमुख अजय थापाले निशुल्क शव वाहनको परिकल्पना गरी सेवा दिने भएका हुन् । नगर प्रमुख थापाले आफ्नो फेसबुकमार्फत पनि यो कुराको जानकारी गराएका छन् ।
उनले लेखेका छन् ‘शिवराज नगरपालिका भित्र शव वाहनले निःशुल्क सेवा प्रदान गरेको जानकारी गराउँछौ।
विरेन्द्र कुमार मिश्रः 📞 9847042633
आधारभूत स्वास्थ्य सेवा अस्पताल कार्यालय सम्पर्क नं☎️ 076-590670′

‘हरेक मान्छे जन्मेपछि मर्दछ, तर त्यो मृत्यु पनि सबैको समानखालको होओस् । धनी गरिब सबैले उस्तै वाहनमार्फत शव घाटमा लगेर अन्त्येष्टि गरुन्, शव दाहसंस्कारमा भेद नदेखियोस् भन्ने  सोचेर यो सेवा ल्याएका हौँ’, मेयर थापाले  ‘भने यस सेवाबाट धेरै जनतालाई लाभ हुनेछ ।’ यसलाई क्रमश व्यवस्थित बनाउँदै लैजाने थापाले बताए ।

मेयर थापाको सक्रियतामा नगरपालिकाले यो निर्णय गरेपछि धेरैबाट यस कार्यको प्रशंसा भइरहेको छ । उपत्यकाबाहिर बालेन शैलीमा काम गरिरहेका मेयर थापाले जनहितका थुप्रै कार्यहरू गरिरहेका छन् । यो नगरपालिका प्रदेशमै कम बेरुजु भएको नगरपालिकाको रुपमा पनि चिनिएको छ ।

प्रतिक्रिया दिनुहोस्