तिलोत्तमाको नीति तथा कार्यक्रमः शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासमा प्राथमिकता


पालिका पत्र

७ असार २०८१, बिहीबार १०:१० मा प्रकाशित

तिलोत्तमा, असार ६ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेको छ ।

दोस्रो नगर सभाको पाँचौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ ।


नगरपालिकालाई कृषिमा आधुनिकीकरण, व्यावसायीकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रणनीति निर्माण गरिने कार्यक्रममा उल्लेख छ ।


‘बरू म गर्छु कृषि, कहीँ जान्न देश बिर्सी’ भने नारालाई आत्मसात् गर्दै स्वदेशमै कृषि उद्यम गर्न चाहनेलाई प्रोत्साहित गर्न कृषि फर्मको दर्तामा शत प्रतिशत छुट दिने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्