कपिलवस्तु – बाणगंगा नगरपालिकामा पहिलो पटक उपप्रमुख कप खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता फागुन ५ गतेदेखि चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा सञ्चालन गरिने भएको हो ।
उपप्रमुख रिता कुमारी चौधरीका अनुसार आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताले बाणगंगा मात्र नभई जिल्लाका १० वटै पालिकाका महिला भलिबल खेलाडीहरूलाई लाभ पुग्ने उनको विश्वास छ । उपप्रमुख चौधरीले एक पालिकाका खेलाडीले अर्को पालिकामा गएर प्रतिस्पर्धा गर्दा उनीहरूको खेलकौशलमा निखार आउने उल्लेख गरिन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसीका अनुसार प्रतियोगिताका लागि टिम दर्ता निःशुल्क रहनेछ । विजयी टोलिहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ, जसअनुसार पहिलो हुने टोलीले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, र चौथो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।