न्यु होराइजन प्रदेशस्तरीय हाजिरीजवाफको फाइनलमा ६ विद्यालय छनोट


appharu

१० पुष २०७९, आईतवार १३:३५ मा प्रकाशित

पालिकापत्र,बुटवल । न्यु होराईजन अंग्रेजी मावि बुटवलले आयोजना गरेको २९ औ प्रदेशस्तरिय हाजिरिजवाफ प्रतियोगितामा बुटवल, पाल्पा र दाङको लमहीमा भएको छनोट चरणबाट ६ वटा विद्यालय फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

तीनवटा केन्द्रमा करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक गणेश भण्डारीले बताए ।
बुटवल केन्द्रमा ४२ वटा विद्यालयले प्रतिस्पर्धा गरेकामा प्रथम भएको देवदह बुद्ध पब्लिक मा. वि र दोस्रो भएको एभरेष्ट बोर्डिङ हाई स्कुल स्कुल बुटवल फाइनलमा प्रवेश गरेका छन् । कालिका मानवज्ञान मा. वि. तेस्रो भएर प्रतियोगिताबाट बाहिरिएको छ ।
पाल्पा केन्द्रमा २३ बिद्यालयले प्रतिस्पर्धा गरेकामा ज्ञव मा बि बलेटक्सार प्रथम र सिद्धबाबा मा बि रेसुङ्गा दोश्रो हुंदै फाइनलमा पुगेका छन् ।
दाङको लमहीमा भएको छनोटमा तुलसी आवासीय माध्यामिक विद्यालय तुलसीपुर प्रथम र मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुल घोराही द्वितीय हुंदै फाइनलमा प्रवेश पाएका छन् । जनज्योति विद्या मन्दिर घोराही तेस्रो हुंदै प्रतियोगिताबाट बाहिरिएको छ ।
सबै केन्द्रमा भएको प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः ६ हजार,४५ सय र ३ हजारका दरले नगद पुरस्कार पाएका छन् ।
बुटवल केन्द्रको छनोट प्रतियोगिता रुपन्देहीका प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै न्यु होराइजनले आयोजना गरेको प्रदेशस्तरीय हाजिरीजवाफले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिमा योगदान पुग्ने र विद्यालयहरुबीच आपसी सम्बन्ध प्रगाढ हुने बताए ।

शिक्षक कमलापति अर्याल संयोजक रहेको कार्यक्रममा विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजू, प्राचार्य लोकनाथ उपाध्याय, लगायतले बोल्दै यो प्रतियोगिताले विद्यार्थीमा पढ्ने बानीको विकास गराउने धारणा राखे ।

विद्यालयका शिक्षक विष्णुप्रसाद बस्याल संयोजक रहेको पाल्पाको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक टंक प्रसाद खनाल र बिद्यालयका संस्थापक उपप्राचार्य बालकृष्ण भन्डारीले संयुक्त्त रुपमा पुरस्कार प्रमाणपत्र बितरण गरेका थिए ।

शिक्षक प्रकाश खनालको संयोजकत्व र शिक्षक प्रकाश गौतमको सहजीकरणमा भएको लमहीको कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी,उपप्राचार्य राजीव श्रेष्ठले विजयी विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
तीन वटा केन्द्रबाट छनोट भएका ६ वटा विद्यालयलाई पुस १५ गते बुटवलमा हुने फाइनल प्रतियोगितामा सहभागी गराइने छ ।

फाइनलमा प्रथम,दोस्रो र तेस्रो हुनेले क्रमशः ३०,२० र १५ हजार रुपैयांका दरले नगद पुरस्कार,शिल्ड र प्रमाणपत्र पाउने छन् । २०४६ सालमा स्थापना भई देशकै उत्कृष्ट निजी विद्यालयको पहिचान बनाएको न्यु होराइजनले २०४८ सालदेखि जिल्लास्तरीय हाजिरिजवाफ प्रतियोगिता शुरु गरेको थियो । केही वर्ष यता प्रतियाोगितालाई स्तरोन्नति गरी प्रदेशस्तरीय बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्