नमस्ते एकडेमीमा सरस्वती पूजामा साहित्यिक महोत्सव


appharu

११ माघ २०७९, बुधबार १९:०६ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा माघ १२ गते नयाँ बिद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ ।
बरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले बताए ।
साहित्य समाजको ऐना भएको र यसले विद्यार्थीलाई सृजनशील बनाउने भएकाले आयोजना गरिएको कार्यक्रममा ‘नेपाली साहित्यमा आजका युवाको भूमिका’ विषयमा युवा साहित्यकार तथा लेखक रामचन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने र विद्यार्थी किरण भुसालले सहजीकरण गर्नेछन ।

त्यसै गरी लेखक कसरी बन्ने भन्ने शीर्षकमा लेखक दीपक विश्वकर्मा, पत्रकार शंकर पाण्डे तथा बाल लेखिका श्रीयसी पन्थीले आआफ्ना धारणा राख्नेछन । स्वीकृति पंगेनीले विषय वस्तुको उठान गर्नेछिन भने आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली शीर्षकमा साहित्यिक अभियान्ता मीनाक्षी न्यौपाने, शिक्षक राजेन्द्र कुँवर तथा विद्यार्थी प्रशान्त चौधरीले परिचर्चा गर्ने र विषय वस्तुको उठान तमन्ना भण्डारीबाट हुने ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण कंडेलले जानकारी दिए ।
ससाना विद्यार्थीले आफूले पढेका पुस्तक हरुको रिभ्यु समेत उक्त महोत्सवमा हुने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए ।
कार्यकममा सरस्वती बन्दना सहित विविध नेपाली लोक सांस्कृतिको पनि पदर्शनी हुनेछ कक्षा नर्सरीदेखि १२ कक्षासम्मका साहित्यप्रेमी बालबालिकाले आआफना बाल प्रतिभाहरु प्रस्तुत गर्न यो महोत्सव कोसे ढुंगा हुने सहप्राचार्य लिलामणि पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्