बागमतीमा बादलको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी


appharu

४ जेष्ठ २०७८, मंगलवार ११:५४ मा प्रकाशित

काठमाडौं ।
जेठ ६ गतेका लागि तय भएको बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मत हाल्न एमालेले ह्वीप जारी गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पत्र पठाउँदै ह्वीप जारी गरेका हुन् ।

बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । एमालेमा विवाद रहँदा माधव कुमार नेपाल पक्ष समेतको सहमतिमा खिमलाल देवकोटालाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाइएको थियो । यस्तो अवस्थामा एमालेका नेपाल पक्षले कसलाई भोट हाल्ला भन्ने अन्योलताका बीच एमालेले ह्वीप जारी गरेको हो ।

महासचिवको निर्देशनसहितको ह्वीपमा भनिएको छ, ‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापा मगर भएको जानकारी गराइन्छ । पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत जेठ ६ गते ९ देखि ३ बजेसम्म हेटौडामा हुने मतदानमा अनिवार्य उपस्थित भइ पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्न हुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु ।’

बादललाई राप्रपाले समेत भोट हाल्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्