कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु


appharu

१३ जेष्ठ २०७८, बिहीबार १४:३६ मा प्रकाशित

पाँचथर ।
हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई विहीबार बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

‘परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ’, अध्यक्ष लिङ्देनले भने, ‘झापामै शव व्यवस्थापन हुन्छ ।’ कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्