दाङका ४१ वडा बाढीको उच्च जोखिममा


appharu

५ असार २०७८, शनिबार ०६:०७ मा प्रकाशित

दाङ ।
दाङका ४१ वडाहरु बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा १० स्थानीय तहका १ सय वडाहरुमध्ये ३५ वटा वडा बाढी र ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

राजपुर, गढवा र राप्ती गाउँपालिकाका १ देखि ७ सम्म र लमही नगरपालिकाको २, ४, ५, ६, ७, ८ र ९ तथा घोराहीको ३, ५, ८, ९, ११, तुलसीपुरका ८, ९ र १० बाहेक सबै वडा जोखिममा रहेका छन ।

दंगीशरणको वडा नं. १ र २ तथा बबईको १ र ७ एवं शान्तिनगरको ५, ६ र ७ नम्बर वडा डुवानको जोखिममा रहेका छन् । त्यस्तै बंगलाचुलीको ३ देखि ६ सम्म र शान्तिनगर गाउँपालिकाको १ र ३ नम्बर वडा पहिरोको जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्