एमालेका वडाध्यक्षले खाए रामधुलाई, मदिरा पिएर उनी मातेका थिए


appharu

३ माघ २०७८, सोमबार ०८:५४ मा प्रकाशित

धनगढी ।
मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाई गरेपछि चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गरेर गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलार्इ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट उनी सवार से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल समेत नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् ।

नेकपा एमालेको कैलाली जिल्ला सदस्यमा निर्वाचित अध्यक्ष मेयर भिम देउवाका बिश्वाशिलो पात्र भएको गाउँमा आफुलार्इ कसैले केही गर्न नसक्ने भन्दै स्थानीयलाई गालीगलौज गरेको स्थानीयले बताएका छन । मोटरसाइकल सार्वजनिक विदाको दिन चलाएको र मधिरा सेवन गरि चलाएको भन्दै स्थानीयहरुले तोडफोड गरेको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय चौमलाले भने यश बिषयमा थप अनुसन्धान भइ रहेको र तोडफोड गर्ने नरि चौधरीलाई पक्राउ गरि माथि पठाएको बताएको छ ।

जगतराम चौधरी नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन।

प्रतिक्रिया दिनुहोस्