शिवराजका मेयरको नजरमा शिक्षा र स्वास्थ्य, भटाभट जनप्रिय निर्णय गर्दै


appharu

६ भाद्र २०७९, सोमबार १०:१० मा प्रकाशित

पालिकापत्र, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका नागरिकको स्वास्थ्यमा संवेदनशिल देखिन थालेको छ ।

माध्यमिक तहको शिक्षा निशूल्क गराएर चर्चा कमाएको शिवराज नगरपालिका स्वास्थ्य क्षेत्रमा पनि उस्तै संवेदनशिल देखिएको हो । शिवराजले वि.सं. २०८० को बैशाख देखि माध्यमिक तहको शिक्षा निशूल्क गर्दै छ ।

आम सर्वसाधारणको प्रत्यक्ष सरोकार रहने शिक्षा, स्वास्थ्य पहुँचविहिन व्यक्तिका लागि टाढाको विषय हुन थालेको छ ।

शिक्षा र स्वास्थ्यमा व्यापारिकरण मौलाउँदा यसको पहुँच गरिब, निमुखाका लागि टाढाको विषय बनेको हो ।

देशमा तीन तहका सरकार रहेपनि शिक्षा र स्वास्थ्य सरकारको नजरमा नपरि रहेको बेला शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा यस विषयमा संवेदनशिल देखिन थालेका छन् ।

नगर प्रमुख थापाले नगरभित्रका सुत्केरी हुने दिदीबहिनीका लागि बर्थिङ सेन्टरसम्म निशूल्क एम्बुलेन्सको व्यवस्था मिलाएका छन् । नगरभित्रका जुनसुकै स्वास्थ्य संस्थामा सुत्केरी भएपनि घरमा जानका लागि निशूल्क एम्बुलेन्सको सुविधा मिलाएका थापाले अब नगरबाट बुटवल, भैरहवा, तौलिहवा लगायतको स्थानमा समेत निशूल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

शिवराज नगरपालिकाले चार वटा एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । चार एम्बुलेन्सले नगरभित्रका नगरबासीलाई सेवा दिदैं आएका छन् ।

नगरको एम्बुलेन्स प्रयोग गर्नेलाई अन्त भन्दा सहुलियत रुपमा सेवा प्रदान गर्दै आएको नगर प्रमुख थापाले बताए ।

स्वास्थ्य क्षेत्रलाई अझ नागरिकको तहसम्म लैजानका लागि विभिन्न नितिगत निर्णय लिन लागिएको उनले बताए ।

कतिपय निति बाधक रहेको भन्दै त्यसलाई कानुन निर्माण गरी स्वास्थ्य सेवालाई नगरको घरदैलोमा निशूल्क र सर्वसुलभ बनाउने प्रयास आफूले गरिरहेको उनले बताए ।

शिवराज नगरपालिकाले माध्यमिक तहको पढाई निशूल्क गर्नका लागि परेको छ । कानुन निर्माण गरेर यसलाई शैक्षिकसस्त्र ०८० को बैशाख देखि निशूल्क गर्ने गरी काम गरिरहेको नगर प्रमुख थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्