रूपन्देहीको कञ्चन गाउँपालिकामा सबै भन्दा कम बेरुजु


पालिका पत्र

१८ जेष्ठ २०८१, शुक्रबार १९:५६ मा प्रकाशित

कञ्चन, ज्येष्ठ १८ । रूपन्देहीको कञ्चन गाउँपालिकामा सबै भन्दा कम बेरुजु आएको छ । सरकारी कार्यालयको अन्तिम लेखा परिक्षण गर्ने संवैधानिक अंग महालेखा परीक्षक कार्यालयले ज्येष्ठ १३ गते आ. ब २०७९ / ०८० को वार्षिक लेखा प्रतिवेदन सार्वजनिक गर्दै रूपन्देहीमा कञ्चन गाउँपालिका पहिलो बेरुजु कम गर्ने पालिका बनेको हो ।


रूपन्देही जिल्लाका १६ वटा स्थानीय तह मध्ये आ. ब २०७९ / ०८० मा कुल लेखा रकम परीक्षणको १ . २२ प्रतिशत मात्र बेरुजु कायम गरि रूपन्देहीमा कञ्चन गाउँपालिका सबै भन्दा कम बेरुजु ल्याउन सफल भएको हो । आ. ब २०७९ / ०८० को कुल बजेट मध्ये चालु तर्फ ८१. २२ प्रतिशत, पुँजीगत तर्फ ७९ . ७६ प्रतिशत र कुल खर्च ८० . ६८ प्रतिशत भएको छ ।साथै, कञ्चन गाउँपालिकाले विगत आ.ब  २०७४ / ०७५ देखि आ. ब २०७८ / ०७९ सम्मको बेरुजु रकम मध्ये करिब रु.५ करोड रकम समपरिक्षक गर्न सफल भएको कञ्चन गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले जानकारी दिए ।


महालेखा परीक्षक कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ अनुसार पालिकाले सन्तोषजनक कार्य सम्पादन गरेको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताएका छन् ।कानुनको परिधिमा रहि कार्य सम्पादन गर्दा रूपन्देहीमा पहिलो बेरुजु कम गर्ने पालिका बनेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले योजनाका काम साउन देखि नै सुरु गरिएको उल्लेख गरे । विगतका वर्षमा कानुनै नबन्दा काम गर्न असहज भएकाले बेरुजु बढेको र आफूहरूले पदभार समाले सँगै कानुन निर्माण गरि कानुनलाई टेकेर काम गर्दा शतप्रतिशत काम उत्कृष्ट बन्न गएको गौतमको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्