हेल्मेटभित्र ३० एम्पुल लागूऔषध लुकाएर ल्याउँदै गरेका युवक पक्राउ

कपिलवस्तु, ६ मंसिर । पाल्पामा हेल्मेटभित्र लागूऔषध लुकाएर ल्याउँदै गरेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का २१ वर्षीय मुस्कान छम्त्याल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनलाई तिनाउ गाउँपालिका–३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गबाट पक्राउ गरिएको हो ।

प्रहरी चौकी दोभानबाट खटिएको चेकिङ टोलीले बुटवलबाट बागलुङतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०२–००१ प १०४६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक छम्त्यालले लगाएको हेल्मेटभित्र लागूऔषध फेला पारेको थियो ।

प्रहरीले हेल्मेटबाट डाइजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल र बुफिन १० एम्पुल गरी जम्मा ३० एम्पुल बरामद गरेको जनाएको छ ।
पक्राउ परेका छम्त्यालमाथि पाल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्