कपिलवस्तु, मङ्सिर ६ ।
रुपन्देहीको तिलोत्तमामा १५५ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा नगरपालिका–१६, गाउँब्लकमा रहेका भूमिहीनलाई जग्गाधनी पुर्जा ९लालपुर्जा वितरण गरिएको हो ।
तिलोत्तमा–१६ वडा कार्यालयको हल जुडामा शुक्रबार एक कार्यक्रममा नगरपालिकाको गाउँब्लकमा रहेका घरपरिवारलाई लालपुर्जा बाँड्दै नगरप्रमुख रामकृष्ण खाँणले यो आर्थिक वर्षसम्म गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने गरी काम अगाडि बढेको बताउनुभयो । सरकारको लक्ष्य अनुसार भूमिहीन दलित र सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत रफ्तारमा काम सुरु भएको भन्दै यही आर्थिक वर्षमा तिलोत्तमाभित्र रहेका सबै गाउँब्लकमा भूमिविहीनलाई लालपुर्जा वितरण गरिने नगरप्रमुख खाँणले बताउनुभयो ।











प्रतिक्रिया दिनुहोस्