एकीकृत समाजवादी बर्दियाले बाँसगढीमा उम्मेद्वार सर्वसम्मत टुङ्ग्यायो


appharu

६ बैशाख २०७९, मंगलवार ०८:५० मा प्रकाशित

पालिकापत्र, बुटवल ।
आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) बर्दियाले पालिका तहको उम्मेद्वार टुङ्ग्याउन थालेको छ ।

यसैक्रममा बाँसगढी नगरपालिकाको मेयर र उप-मेयरमा समाजवादीले सर्वसम्मत उम्मेद्वार चयन गरि लुम्बिनी प्रदेश कमिटी समक्ष सिफरिस गरेको छ ।

एकीकृत समाजवादीका अनुसार बाँसगढीको मेयरमा तिलक हमाललाई उठाउने छ । स्वच्छ र इमान्दार छवि बनाएका हमाल समाजवादी बर्दियाका प्रभावशाली नेता हुन् । पार्टीको नगर इन्चार्ज समेत रहेका हमाल मेयरमा सर्वसम्मत भएका हुन् ।

यस्तै उप-मेयरमा युवा नेता मनु अधिकारीलाई उठाउने समाजवादीले जनाएको छ । अनेरास्ववियूको लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष रहेकी अधिकारी युवा माझ लोकप्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस्