विप्लव छाडेर स्वतन्त्र उम्मेदवारी घोषणा


appharu

८ बैशाख २०७९, बिहीबार १८:१० मा प्रकाशित

पालिकापत्र
बुटवल । दलीय दासत्व प्रणाली तोड्न भन्दै विगतमा एमाले, माओवादी हुंदै विप्लवको पार्टीमा क्रियाशील रहेका तिलोत्तमा–१ का खिमलाल पाण्डेले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । पाण्डे २०५४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट वडा सदस्यमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका थिए । उनी शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष समेत हुन् । दलहरु सत्ता स्वार्थमा लिप्त भएका र राज्यकोष दोहनमा जोसंग पनि मिल्ने गरेकाले स्वतन्त्र उम्मेदवारी दिएको पाण्डेले पत्रकार सम्मेलन गरी जानकारी गराए । माओवादी केन्द्र विभाजनपछि विप्लव समूहमा क्रियाशी भएको भएपनि पार्टी वैचारिक रुपमा अन्योलग्रस्त र द्वैध चरित्रको भएकाले पार्टी परित्याग गरी स्वतन्त्र रुपमा राजनीति गर्ने बताए ।
पाण्डेले वडालाई भ्रष्टाचारमुक्त बनाउने, वडाबाट दिइने सेवा छिटो र पारदर्शी बनाउने,सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने, वडा भित्र रहेको सामुदायिक विद्यालय र स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने, प्राविधिक र ब्यावसायिक शिक्षा, कृषिको आधुनिकीकरण र व्यवसायिकरणमा जोड दिने,सुकुम्बासी समस्या समाधान गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरे ।

प्रतिक्रिया दिनुहोस्