तिलोत्तमाको मेयरमा कांग्रेसबाट ७ जना सिफारिस, रामकृष्ण वा नारायण न्यौपाने मध्ये एकले टिकट पाउने


appharu

८ बैशाख २०७९, बिहीबार २२:५८ मा प्रकाशित

पालिकापत्र ।
तिलोत्तमा । बैसाख ३० गते हुने निर्वाचनका लागि तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ । नगर समितिले जिल्ला सभापति रामकृष्ण खांण,नगर सभापति हरिलाल पाण्डे,तिलोत्तमा ९ का वडा अध्यक्ष नारायण न्यौैपाने, रोमणिप्रसाद पाठक,चित्र केसी,गुणनिधि भण्डारी र कविता अर्यालको नाम सिफारिस गरेको नगर सभापति हरिलाल पाण्डेले बताए ।
७ जनाको नाम सिफारिस भएपनि गृहमन्त्री बालकृष्ण खांणले आफ्नो गृह नगरमा आफ्नै भाई रामकृष्ण खांणलाई टिकट दिलाउन लागि परेका छन् । त्यसैका लागि उनी बुधबार तिलोत्तमा ४ नम्बरस्थित निवासमा आएका थिए । उनले राति अबेरसम्म भाईको पक्षमा लबिङ गर्दै बलियो दावेदार मानिएका नारायण न्यौपाने लगायतलाई मनाउने प्रयास गरेका थिए ।
नगरले गरेको सिफारिसबाट प्रदेश समितिले एकजनालाई टिकट दिने कांग्रेस विधानमा व्यवस्था छ । स्रोतका अनुसार रामकृष्ण खांणले नै टिकट पाउने संभावना छ । खांण अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीसंगको तालमेल गर्दा समेत एमालेका बासुदेव घिमिरेसंग हारेका थिए । कांग्रेसका एकथरि नेता कार्यकर्ताहरु पार्टी जिल्ला सभापतिको जिम्मेवारीमा रहेकाले मेयरमा उठ्न उपयुक्त नहुने बताउंछन् । तिलोत्तमामा कांग्रेसबाट जित्ने संभावना भएका उम्मेदवार रोमणी पाठक वा नारायण न्यौपाने मध्ये एक भएपनि पाठकको स्वास्थ्य अवस्था कमजोर भएकाले सबै दलको मत तान्न सक्ने युवा र विकासप्रेमी नेताका रुपमा छवि बनाएका न्यौपानेलाई टिकट दिन उपयुक्त हुने बताउंछन् । १७ मध्ये ३ वटा वडा मात्र कांग्रेसले जितेको नगरपालिकामा न्यौपानेले जितेको वडा नंं ९ नगरभरिमा उत्कृष्ट भएको थियो । उनले मेयरले भन्दा धेरै झण्डै ६० करोड वजेट केन्द्र र प्रदेश सरकारबाट आफ्नोसंगै छिमेकी वडालाई ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्