तिलोत्तमा–३ वडा अध्यक्ष उम्मेदवार कल्याण पौडेल भन्छन्ः वडालाई विकासमा नमूना र भ्रष्टाचारमुक्त बनाउने छु


appharu

१३ बैशाख २०७९, मंगलवार २२:४४ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा

बैसाख ३० गते हुन गइरहेको स्थानीय चुनावमा तिलोत्तमा नगरपालिकाको वडा नं ३ को अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका कल्याण पौडेलले वडाालाई विकासमा नमूना र भ्रष्टाचारमुक्त बनाउने आफ्नो योजना रहेको बताएका छन् ।

उम्मेदवारी दर्ता गरेको भोलिपल्ट मतदाताको घरदैलोको क्रममा पौडेलले आफूले व्यक्तिगत स्वार्थको लागि नभई समाज सेवाका लागि राजनीति गरेको हुंदा अरु उम्मेदवार र आफूमा धेरै फरक रहेको बताए । उनले वडाको सीमानगर क्षेत्रको सुकुम्बासी समस्या आफू निर्वाचित भएको ३ महिनाभित्र समाधान गर्दै लालपुर्जा दिने, सरकारी विद्यालय लाई सुधार गरी निजी सरह बनाउने, गरीब परिवारलाई शिक्षा, स्वास्थ्य निशुल्क गर्ने, वडावासीको सरकारी कामलाई अनलाइनमार्फत घरमै बसेर गर्न सेवा लिन सकिने बनाउन प्रकृया शुरु गर्ने, सरसफाई र हरियालीलाई प्राथमिकता दिने लगायतका योजना रहेको बताए ।

एमाले नेतृत्वको सरकारको पालामा वडा तहसम्म भ्रष्टाचार मौलाएको,जनतालाई परा हन नसक्ने झुठा आश्वासन बांडेर झुक्याइएको, दुई तिहाई वहुमत दिंदा पनि सरकार चलाउन असफल भएको,बैदेशिक ऋण ८ खर्बबाट ३ वर्षमा १६ खर्ब बढी पु¥याएर मुलुकलाई टाट पल्टाउने दिशामा लगेकाले यी सबै कारणले एमालेसंग जनता रुष्ट भएकाले आफ्नो जित निश्चित भइसकेको उम्मेदवार पौडेलले बताए ।

अघिल्लो चुनावमा १२४ मतान्तरले उपविजेता बनेका पौडेलले यसपटक जनताले आफूलाई जिताउने बताए । पौडेलको टिममा २ जना खुल्ला सदस्यमा नारायणबहादुर क्षेत्री र विष्णुबहादुर थापा तथा चुडाकुमारी विष्ट ९सीता० र रेखा सार्की रहेका छन् । ‘मैले हावादारी गफ र पूरा गर्न नसक्ने कुरा गरेर वडावासीलाई ढांट्ने र ठग्ने काम गर्दिन–पौडेलले भने–‘बोलेको कुरा पूरा गर्ने छु, गर्न नसक्ने काम गर्छु भन्ने छैन । नेपाली कांग्रेस वडा सभापति केशरी पाण्डेले यसपटक कांग्रेसको जित निश्चित भएको दावी गरिन् ।

प्रतिक्रिया दिनुहोस्