उम्मेदवारका थरिथरिका वाचा : सियारीमा गरीबका छोरीको बिहेमा लाग्ने खर्च गाउँपालिकाले दिने


appharu

१९ बैशाख २०७९, सोमबार ०६:५१ मा प्रकाशित


पालिकापत्र,सियारी । चुनावमा भोट पाउन उम्मेदवारहरुले अनेक उपाय र आकर्षक आश्वासन बांड्न थालेका छन् । रुपन्देहीको सियारी गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार थानेश्वर घिमिरेले आफुले अध्यक्ष जितेपछि गाउँपालिकामा रहेका बिपन्न परिवारका छोरीको विवाहमा लाग्ने खर्च गाउपालिकाले दिने बताएका छन् ।
बिपन्न बर्गका ब्यक्तिलाई राहतको व्यवस्था गर्दै लक्षित समुदायको लागि खाद्यान्न उपलब्ध गराउने बताउनुभयो । उहांले सबै सातवटै वडाका लक्षित ब्यक्तिहरुको पहिचान गरी वडाहरु तथा सर्वदलिय बैठक बसेर अनुमोदन गरेर उनीहरुकै बैंक खातामा सोझै वार्षिक १५ हजार रकम प्रदान गर्ने बताउनुभयो ।
बाटो निर्माणका क्रममा ४ महिनामानै कालोपत्रे भत्केको बताउँदै उहांले यही कामलाई स्तरीय बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहांले सियारीलाई भ्रष्टाचारमुक्त बनाउने घोषणा गर्नुभयो ।
पालिका भित्रका वडामा भएको घरदैलो कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार घिमिरेले शियारी गाउँपालिकामा निशुल्क रगतको व्यवस्था गर्दै रगतको अभाव हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहांले सियारीमा रगतको अभावको कारणले ज्यान गईरहेको अवस्था रहेको बताउँदै रेडक्रसले लिने रकम पालिकाबाट व्यवस्थापन गरेर निशुल्क रगतको व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका घिमिरेले गाउँपालिकामा धेरै बिपन्न समुदाय भएकोले विपन्न परिवारका छोरीको बिहेमा लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने बताउनुभयो । उहांले आफुले जितेमा अभिभावकको कुनैपनि खर्च नगराई बिबाह गरिदिने घोषणा समेत गर्नुभयो ।
सियारी गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्ष पदकी उम्मेदवार तारा थारुले आफुले जितेमा महिलाहरुमा रहेको बेरोजगारी हटाउने बताउनु भयो । उहांले आफुले जितेपछि पालिकाका बासिन्दाको लागि निशुल्क स्वास्थ्य र शिक्षाको ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्