जनताको घरदैलोमा व्यस्त मेयरका उम्मेदवार खत्री र उप–मेयर पुन


appharu

२१ बैशाख २०७९, बुधबार ०८:५६ मा प्रकाशित

पालिकापत्र, शिवराज ।
आसन्न बैशाख ३० गतेको निर्वाचन नजिकिदै जादा कपिलवस्तु शिवराज नगरपालिकाका बामपन्थी गठबन्धनका उम्मेद्वार मत माग्न घरदैलोमा व्यस्त देखिएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्र बीच चुनावी तालमेलबाट निर्वाचनमा होमिएका कलम चिन्हका मेयरका उम्मेद्वार क्षेत्र बहादुर खत्री र हसिया हथौडा चिन्हका उपमेयरका उम्मेद्वार द्रोण बहादुर पुन (दिनेश) मत माग्न घर दैलोमा व्यस्त देखिएका हुन् ।

समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मेयरका उम्मेद्वार अनुभवि पाका नेता हुन् । ०५४ सालको साविक विरपुर गाविसको अध्यक्ष भएर काम गरेका खत्री विकास प्रेमी नेता हुन् । चन्द्रौटाको विकासमा उनको महत्वपूर्ण योगदान रहेको छ । बामगठबन्धनबाट उम्मेद्वार रहेका खत्रीले आफुहरुको जित निश्चित रहेको बताए । शिवराजबासीको चाहना अनुसार आफुहरु उम्मेद्वार बनेको भन्दै शिक्षा, स्वास्थ्य, कृषि र स्वरोजगार सिर्जनाका लागि उम्मेद्वारी दिएको उनले जनाए । घरदैलोमा जादा जनताको प्रतिक्रिया राम्रै पाएको भन्दै यस पटक कलम चिह्न र हसिया हथौडा चिह्नको जित शिवराजमा कसैले रोक्न नसक्ने बताए ।

उपमेयरका उम्मेद्वार पुन पनि सिंगो नगरको टिम दक्ष, अनुभवि र राजनीति व्यक्ति रहेको भन्दै स्थानीय तहको चुनावमा आफुहरुले जित्ने बताए ।

शिक्षा, स्वास्थ्यमा पछाडी परेको शिवराजलाई नमुना बनाउनका लागि बामगठबन्धन चुनावी मैदानमा होमिएको उनले जनाए । विगतमा शिवराजबासीले मत दिए पनि सोचे जस्तो काम जनप्रतिनिधिले गर्न नसकेको भन्दै यस पटक आफुहरुलाई मत दिएर हेर्नेमा उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्