८३ वर्षे गुरुङ आमाको खेलराजलाई आर्शिवाद, ‘मेरो आशिक लाग्छ, चुनाब जितेर आउनु’


appharu

२१ बैशाख २०७९, बुधबार १८:४६ मा प्रकाशित

पालिकापत्र, बुटवल ।

बुटवल उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार खेलराज पाण्डेलाई घरदैलोको क्रममा ८३ वर्षीया रामकुमारी गुरुङले च्याप्पै अंगालो हालिन् र भनिन्–‘हे बाबु यसपालि जसरी पनि जित्नुपर्छ है, म बुढी दिएको आसिकलागोस्, तिम्ले जित्यौ भने म अति खुशी हुनेछु ।’

उनले खेलराज पाण्डेसँग लामो कुराकानी गरिन् । बुटवलका कथा व्यथा सुनाईन् । उनले भनिन्–‘बुटवलमा यतिका वर्ष एमालेले शासन ग¥यो, तर पहिले भन्दा झन् नराम्रो भयो बुटवल, जताततै नराम्रो काम भयो भन्ने कुरा सुन्छु, यसलाई ठीक बनाउनुप¥यो, बाबु तिम्ले अहिले जितेर राम्रो काम गर ।

गुरुङका कुरा सुनेपछि उम्मेदवार पाण्डेले बुटवलको नाम राम्रा कुरामा मात्रै आउने गरी कामगर्ने वाचा गरे ।

उनले बुटवलबासीको आत्मसम्मानमा आँच आउने काम नगर्ने बताउँदै भने–‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्य सेवा केन्द्र बनाउँछु, वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाउँछु, स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध हुने व्यवस्था गर्छु,बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गर्छु, नगर भित्रनिःशुल्कएम्बुलेस सेवाउपलब्ध गराउँछु ।’

उनले सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकूद, प्रविधिलगायतका क्षेत्रहरुमा विशिष्ट योगदान पु¥याएकाव्यक्तिहरुलाई ‘बुटवल रत्न’का रुपमा सम्मानितगर्ने कुरा पनि गुरुङलाई बताएकाथिए ।

‘जेष्ठ नागरिक, एकल महिला एवम् अपाङ्गता भएका नागरिकहरुका लागि थप आर्थिक सुविधा उपलब्ध गराइने छ । एक वडा एक जेष्ठनागरिक मिलन केन्द्र स्थापना गरिने छ’–पाण्डेले भने ।

गुरुङ जस्तै पाका ज्येष्ठ नागरिकले खेलराज पाण्डेलाई मतदानगर्ने विश्वास दिलाएका छन् ।

सुख्खानगरकी ६५ वर्षीया उमादेवी घिमिरेले बुटवलमा कांग्रेसले जितेर सूर्यप्रसादप्रधान मेयर हुँदाका राम्रा कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।

‘बुटवलमा त्यस बेला सूर्यप्रसाद प्रधानको कस्तो वाहवाही थियो, कस्तो शान थियो त्यसबेला बुटवलको, अरु ठाउँका मान्छेहरु बुटवल भनेपछि ओहो, सूर्यप्रसाद प्रधान मेयर हुनुहुन्छ नि है भनेर जसले पनि चिन्थ्यो, खुशी हुन्थे, राम्रो भन्थे बुटवललाई, उनले खेलराज पाण्डेसँगको भेटमा भनिन्–अब तिम्ले सूर्य प्रसाद प्रधानले जसरी बुटवललाई राम्रो काममा चिनाउने काम गर, जितेर देखाउ, अहिलेजस्तो मेयरको नाम लिँदा नाक खुम्च्याउने नगराउनु, तिम्लाई मेरो आसिक लाग्छ ।’

बुटवलमा यसरी पाका पुस्ताले खेलराज पाण्डेलाई जितको शुभकामना दिएका छन् ।

पाण्डेले बुधबार बुटवलका वडा नं २, १७ र १९ मा मतदाता भेटघाट गरेका छन् । मतदातासँगको भेटघाटमा पाण्डेले बुटवल, सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, शुद्धोधन, तिनाउलगायत छिमेकी पालिकाहरुको एकीकृत विकासका लागि बुटवल–भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय एवम् पहल गर्ने बताएका छन् ।

उनले बुटवललाई समृद्ध बनाउनका लागि पाँचदल एकैठाउँमा रहेको र बाँकी रहेका दलहरुलाई समेत अपनत्व महसुस हुने गरी काम गर्ने बताए ।

साझा संकल्पपत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता उनले जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्