विवादको भूमरीमा जेलिएका विष्णु, चुनाव जित्न सकसै सकस


appharu

२४ बैशाख २०७९, शनिबार १७:०२ मा प्रकाशित

पालिकापत्र, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष पदका उम्मेद्वार विष्णु गिरीलाई हालै एउटा गम्भीर आरोप लागेको छ ।

एमालेबाट वडाध्यक्ष उम्मेद्वार बनेका गिरीलाई एक महिलाले गम्भीर आरोप लगाउँदै भनेकी छिन्, ‘नक्सा पास गर्दिन्छु भनेर ७ हजार खानुभयो, मेरो बसाईसराई पेश गर्दा ५ हजार खानुभयो, मैले सायद भुल्न पनि सक्छु, धाक, धम्की देखाएर लगभग मेरो २५ हजार खानुभयो, यस्तो गर्नुहुन्छ भन्ने थाहा भएको भए लेखेर राख्थे, लेखेर राखेको छैन् ।’

एक कार्यक्रममा मन्तव्य दिदैं ती महिलाले थप भन्छिन्, ‘कुनै एक कार्यक्रममा मलाई बोलाएर पार्टी प्रवेश गराए । विष्णु गिरीको धम्कीले अहिले पनि मेरो आँखाबाट आँसु बगिरहेको छ । म एकल महिला हो । मलाई असाध्यै बोल्न पनि डर लागिरहेको छ । मलाई उहाँले मेरो घरमा रातो भाले खाने हो पनि भन्नु भयो । मेरो अंगालोमा स्वागत छ समेत मलाई भन्नुभयो । म उहाँको अंगालेको हुन चाहेन् ।’

यी आरोप लगाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एमालेको वडाध्यक्ष बन्दा नै ठूलो कष्ट र आरोप झेलेका गिरीले चुनावी मैदानमा उत्रिरहदा अर्को गम्भीर आरोप खेपेका हुन् ।

५ बर्षसम्म वडाध्यक्ष हुँदा कामका हिसाबले चर्चा विष्णुले नकमाएका होइनन् । फराकिला बाटा, एक घर–एक कागती, घरघरमा फलफूल, वडालाई हराभरा बनाउदा रंगरोगन, सुत्केरी महिलालाई कुखुराको भाले वितरण जस्ता कार्यक्रमले उनी लोकप्रियताको शिखरमा पुगेका थिए । यति मात्र होइन् गिरीले वडाका योजना चाडै सम्पन्न गराउनेमा ११ वटा वडा मध्ये पहिलो नम्बरमा पर्थे । मिडियाको समेत दरिलो साथ पाएका गिरी ५ बर्षसम्म वाईवाई पाएका जनप्रतिनिधि हुन् ।

यद्यपि जति उनी चर्चामा रहे उत्तिकै विवादमा पनि । पूर्वाग्राही चिन्तन उनको गम्भीर कमजोरी हो । आफ्नो विरोध गर्नेलाई भित्तामा  पुर्‍याउने शैली उनको राम्रो नभएको उनका समकक्षी बताउँछन् । हालै मात्र वडाध्यक्षको टिकट वितरणमा दाई नेत्र गिरी प्रति विष्णुले देखाएको व्यवहारले पनि प्रष्ट झल्काउँछ, उनको पूर्वाग्राही सोच ।

गिरीलाई ५ बर्षे कार्यकालमा केही गम्भीर आरोप लागेका छन् । चुनावमा विपक्षीले उठाएका यी विषयलाई विष्णुले कसरी उत्तर दिन्छन् हेर्न बाँकी छ । वडाध्यक्षका उम्मेद्वार गिरी माथि कांग्रेस भएकै कारण नागरिकता नदिएको एउटा गम्भीर आरोप लागेको छ ।

नेपाली कांग्रेसका युवा नेता सूर्य प्रसाद बरालको छोरी सुस्मिता बरालको नागरिकता बनाउन जादा बाबुआमा कांग्रेस भएकै कारण नागरिकता दिन मानेनन् भन्ने आरोप उनी माथि छ । जसको विरुद्धमा बराल पक्षले अदालतमा मद्धा दायर गरी मुद्धा समेत जितेको थियो।

यस्तै वडा नं. ७ का तमाम समस्यामा उनले समाधानको बाटो समात्नु पर्नेमा दलगत मानसिकताले काम गरेको आरोप लागेको छ । वडा नं. ७ कै श्रृजना सुनारको नागरिकता बनाउनमा समेत उनले पूर्वाग्राही सोच बनाए । उनले सिफारिस दिन नमान्दा पीडित नागरिकता विहिन बनेकी छिन् ।

विभिन्न आरोपले झेलिएका गिरीलाई यो निर्वाचन जित्न सकस देखिन्छ । आफ्नो सहोदर दाजुको स्वतन्त्र उम्मेद्वारीले उनलाई चुनाव जित्न सकस देखिएको हो । अहिलेसम्म गुपचुप राखिएका मुद्धा पनि विस्तारै सतहमा आउन थाले पछि उनलाई झनै तनाव थपिएको छ । सामाजिक सञ्जालमा उनले गरेका व्यवहार भाइरल हुँदा उनको लोकप्रियता गुम्दै छ । पार्टी भित्र पनि गुटगत मानसिकता पाल्ने एक तप्का गिरीको विपक्षीमा छ ।

स्वतन्त्र उम्मेद्वार नेत्र गिरी ०४३, ०४९, ०५४ को मोतिपुर गाविस अध्यक्ष भएर काम गरेका कारण अधिकांश पुराना नेता उनको पक्षमा छन् । केही युवा र पार्टीका नेताको साथ पाएका गिरीले आसन्न बैशाख ३० को निर्वाचन जित्छन् या हार्छन् यसै भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्