बुटवलका मेयर उम्मेदवार खेलराजको वाचा : ६ महिनामै सडकहरुको ब्यापक सुधार र सुकुम्बासीलाई लालपुर्जा


appharu

२५ बैशाख २०७९, आईतवार १८:४९ मा प्रकाशित

पालिकापत्र, बुटवल। बुटवलका नगर प्रमुखका उम्मेदवार खेलराज पाण्डेले आफू निर्वाचित भएको ६ महिनामै बुटवलका सडकहरुको ६ महिना भित्रै ब्यापक सुधार र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

पार्टीका शुभेच्छुकहरुको भेला र बिभिन्न घरदैलो कार्यक्रममा ब्यस्त रहेका गठबन्धनका उम्मेदवार पाण्डेले आफु निर्वाचित भएमा आगामी ६ महिना भित्रै सुकुम्बासी तथा अब्यबस्थित बसोबासीको समस्या समाधान गर्ने र बुटवलका अस्तब्यस्त सबै सडकहरुको सुधार पनि छ महिनाभित्र्र गरिसक्ने प्रतिबद्धता जनाएका हुन । उम्मेदवार पाण्डेले भने–‘सबैभन्दा पहिले बुटवलमा लामो समयदेखि समस्याका रुपमा रहेको अब्यबस्थित बसोबासी र सुकुम्बासीको समस्या समाधान गर्छु र
बुटवलका अधुरा र अस्तब्यस्त सडकहरु पुरा गर्ने र कतिपय सडकहरुको स्तरउन्नती गराई छाड्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।’

यसैगरि एक बर्षभित्र ज्योतिनगरको पहिरो नियनत्रण र ब्यबस्थापन गर्ने, बुटवलको खानेपानीको समस्या समाधानका लागि आवश्यक पहल गर्ने, फोहार ब्यबस्थापनका लागि ल्याण्डफिल साईट निर्माण, लैंगिक हिंसामुक्त नगर बनाउने, नदि
नियन्त्रण तथा तटबन्ध गर्ने, ढल निकास ब्यबस्थित गर्ने लगाएतका कामहरु गर्ने प्रतिबद्धता समेत पाण्डेले गरेका छन् ।
बुटवल उपमहानगरलाई अपाङ्गमैत्री, बालमैत्री, महिलामैत्री, असाहायमैत्री बनाउनुका साथै सुशासन कायम गर्ने, बिधि पद्दती र कानुनी शासनको ब्यबस्था मिलाउने, पारदर्शिता र जवाफदेहिता बढाउने, स्वतन्त्र प्रेस र मानव अधिकारको प्रत्याभुती गराउने प्रतिबद्धता ब्यक्त गर्दै उम्मेदवार पाण्डेले यहाँको शिक्षा, स्वास्थ्य र रोजगारको बिकास र प्रबद्र्धनका लागि सदैव कटिबद्ध रहने बताएका छन् ।

तेश्रो कार्यकालका लागि नेपाली काँग्रेसका नगरसभापति समेत रहेका पाण्डेले भने– ‘पदमा रहँदा वा नरहँदा यि
कुराहरु प्रति म सँधै प्रतिबद्ध छु र बिजयी भएमा बुटवललाई साँच्चिकै समुन्नत उपमहानगर बनाउने दृढ अठोट र योजना लिएर अघि बढेको छु ।’ महिलालाई घरमै स्वरोजगारमुलक सिप तालिम दिई गृहणी महिला रोजगार कार्यक्रम संचालन गरिने बताउदै उम्मेदवार पाण्डेले यसका लागि नगरपालीकाले कोशेली घर बनाउने र महिलाहरुले उत्पादन गरेका बस्तुहरु खरिद गरि बिक्रि बितरण गर्ने कार्यक्रम ल्याईने बताए । आफुले जितेमा बाढी पहिरो पिडितहरुलाई तत्काल राहत उद्धार तथा घरबासको ब्यबस्था गर्ने, करिडोर पिडितलाई उचित राहत र नगरभित्रै ब्यबस्थापन गर्ने, पुरानो बुटवललाई पर्यटन प्रबद्र्दनको
केन्द्रको रपमा बिकास गर्ने लगाएतका कार्यहरु संचालन गरिने उनले बताएका छन् ।

पाण्डे भन्छन– नगरप्रमुख जनताको घरदैलोमा पुग्ने संस्कार बसाउछु जनताका समस्या सुनाउन नगरपालीकामा आउनुपर्ने अवस्थाको अन्त्य गर्छु
घरघरमा टोलटोलमा पुगेर जनताका समस्या आफै संकलन गर्छु र समाधानको बाटो खोज्छु । आफु जस्तो अवस्था नगरपालीकामा प्रबेश गर्छु त्यस्ते अवस्थामा बाहिर निस्कने प्रतिबद्धता समेत ब्यक्त गरिसकेका उम्मेदवार पाण्डेले भने एक
रुप्पे भ«ष्टाचार पनि गर्दिन र हुन पनि दिन्न । दैनिक १८ घण्टा जनताको सेवामा खटिने अठोटका साथ आफु अघि बढेको जानकारी गराउदै उनले अगाडी भने– नगरपालीकामा सुतेर समय बिताउने जनप्रतिनिधी म बन्दिन यो बिश्वास दिलाउन
चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्