शिवराजमा निकाल्यो राप्रपाले विजयोत्सव


appharu

७ जेष्ठ २०७९, शनिबार १०:२३ मा प्रकाशित

पालिकापत्र, शिवराज ।
अप्रत्यासित रुपमा शिवराज नगरपालिकाको नगर प्रमुखमा जित निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विजयोत्सव निकालेको छ ।

नगर प्रमुखमा निर्वाचित अजय थापाले आफ्ना समर्थकको साथमा नगर परिक्रममा गर्दै विजयोत्सव निकालेको हो ।

विजयोत्सवमा सयौंको संख्यामा उपस्थिति रहेको थियो ।

थापाले एमालेका महादेव पोख्रेललाई ४ सय ७४ मतान्तरमा पराजित गरेका थिए । थापाले ७ हजार ६ सय दुई मतका साथ शिवराजको नगर प्रमुख जितेका हुन् ।

११ वडा मध्ये कुनै पनि वडा राप्रपाका उम्मेद्वारले जितेनन् । यद्यपि नगर प्रमुखमा भने आम मतदाताले थापालाई रोजाइमा पारेका छन् ।

युवा नेता समेत रहेका थापा पटक पटक चुनाव लड्दै हार्दै आएका थिए ।

यो निर्वाचितमा शिवराजका मतदाताले थापालाई रोजाईमा पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्