जिसस कपिलवस्तुको प्रमुखमा कांग्रेसबाट कार्की र एमालेबाट आचार्य बीच प्रतिस्पर्धा


appharu

२५ जेष्ठ २०७९, बुधबार ०९:२१ मा प्रकाशित

पालिकापत्र, बाणगंगा ।
जिल्ला समन्वय समिति (जिसस) कपिलवस्तुको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको दुई गठबन्धन बीच प्रतिस्पर्धा हुने भएको छ ।

आउँदो जेष्ठ २७ गते हुन गइरहेको जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (माओवादी केन्द्र)लाई साथमा लिएको छ भने, एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गरेको छ ।

१० स्थानीय तह रहेको जिल्लामा जिसस चुनावको लागि २० मत छ । पालिकाका प्रमुख र उप-प्रमुख यसका मतदाता रहने प्रावधान अनुसार कांग्रेस गठबन्धनसंग ११ मत छ भने, एमाले गठबन्धनमा ९ मत रहेको छ ।

कांग्रेस गठबन्धनमा प्रमुखमा कांग्रेसका ज्ञान बहादुर कार्की र उप-प्रमुखमा जसपाका बिरेन्द्र प्रताप गडेरिया उम्मेद्वार छन् ।
यस्तै सदस्यहरुमा कांग्रेसबाट मनोहर धुनिया, सुनिता चमार, ताहिरा खातुन, माअ‍ोवादीबाट सदस्यहरुमा मीना हरिजन, राजेन्द्र कुमार कुर्मी उम्मेद्वार छन् ।

जसपाबाट सदस्यमा रामु अहिर र सन्ध्या पौडेल उम्मेद्वार रहेका छन् ।

एमाले गठबन्धनमा प्रमुखमा एमालेका बाबुराम आचार्य र उपप्रमुखमा लोसपाका रमेश कुर्मी उम्मेद्वार छन् ।

यस्तै सदस्यहरुमा एमालेबाट सुमित्रा दम,ै सकुन्तला भण्डारी, कमला पौडेल, यार महोम्मद उम्मेद्वार छन् ।

राप्रपाबाट सदस्यमा राहुल हलुवाई, इन्द्रवावती पासी र लोसपाबाट सदस्यमा राजु कलवारले उम्मेद्वारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्