बुद्धभूमिमा समुदाय प्रहरी पालिका समिति गठन, संयोजकमा मेयर श्रेष्ठ


appharu

७ श्रावण २०७९, शनिबार ०७:२४ मा प्रकाशित

पालिकापत्र, बुद्धभूमि ।
नेपाल प्रहरीले पालिका स्तरमा सामुदायिक कार्यक्रम सञ्चालन गर्न समुदाय प्रहरी पालिका समिति गठन गरिएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नगर प्रमुख केशव कुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । इलाका प्रहरी कार्यालय गोरुसिगेंमा शुक्रवार सम्पन्न बैठकले समिति गठन गरेको हो ।

कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पालिकामा हुने महिला हिंसा, लागु औषध दुव्र्यसनी, अपराध न्यूनिकरणमा समितिले योजना बनाई कार्यान्वयन गर्ने बताउनुभयो ।

समितिले बार्षिक योजना, समन्वय, अनुगमन, मूल्यांकनका साथै समुदायमा सचेतना फैलाउने खालका कार्यक्रम गर्ने इलाका प्रहरी कार्यालय गोरुसिगेंका प्रहरी निरीक्षक सशीधर शर्माले बताउनु भयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले वडा स्तरमा गई कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्