कपिलवस्तु, ०९ मङ्सिर
लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान ९मङ्सिर ९ देखि २४ गतेसम्म० का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन, सामाजिक न्यायको बाधक तथा समतामूलक समाज निर्माणको चुनौती भएको उल्लेख गरेका छन् ।
महिला, बालबालिका तथा लैङ्गिक र सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद, शोषण, दुर्व्यवहार र असमान व्यवहारको अन्त्य गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा दायित्व भएको उनले बताएका छन् ।
लुम्बिनी प्रदेश सरकारले लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता तथा महिला सशक्तीकरणलाई शासन, नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिँदै आएको मुख्यमन्त्री आचार्यले सन्देशमा उल्लेख गरेका छन् । महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, सीप विकास, आत्मनिर्भरता, निर्णय प्रक्रियामा सहभागिता तथा हिंसा प्रभावित व्यक्तिको संरक्षण, न्यायमा पहुँच र पुनःस्थापनाका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस्