जनप्रतिनिधि गिरीद्वारा सडकमा अलपत्र पुरुषको उद्धार


appharu

२५ जेष्ठ २०७९, बुधबार २२:३९ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा ।

तिलोत्तमा नगरपालिका–५ का नवनिर्वाचित जनप्रतिनिधि हिरा गिरी (डायमण्ड) ले तिलोत्तमामा सडकमा अलपत्र पुरुषलाई उद्धार गरी मानव सेवा आश्रममा पु¥याएका आश्रय दिलाएका छन् ।

तिलोत्तमा नगर प्रहरीको सहयोगमा तिलोत्तमा ५ का वडा सदस्य गिरीले तिलोत्तमाको ड्राइभरटोल सडकमा अलपत्र परेका र मानसिक सन्तुलन गुमेको जस्तो देखिने तिरथ अलीलाई मानव सेवा आश्रम बुटवलमा जिम्मा लगाएका हुन् ।

गिरी माओवादी केन्द्रबाट निर्वाचित युवा जनप्रतिनिधि हुन् । गिरी सामाजिक संस्था लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिमा समेत आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्